Logo

जसपा र लोसपाले मधेसमा अझै चयन गर्न सकेनन् दलको नेता



काठमाडौं, २३ पुष । मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान भइसक्दापनि जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले दलको नेता अझै चयन गर्न सकेका छैनन्।

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि शुक्रबार ६ दिनको समयसीमा दिएका छन्। मधेस सरकारको नेतृत्वको दाबी गरिरहेको जसपाको संसदीय दलको बैठक हिजो बसेपनि संसदीय दलको नेता टुगों लगाउन सकेन। बैठकमा ८ सांसदहरु आफ्नै दाबी पेशगरेपछि सहमती जुट्न सकेको छैन।

यस्तै लोसपामा पनि दलको नेता बन्न जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्मालगायतका नेताहरु रस्साकस्सीमा लागेका छन्। उनीहरुबीच सहमति नहुँदा लोसपाले दलको नेता चयन गर्न सकेको छैन। मधेसमा जसपाका १६ सांसद छनभने लोसपाका ९ सांसद रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot