काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।
सत्तारुढ गठबन्धनले उनलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो।
प्रदेश १ मा प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमा आज सकिदै छ।
संविधानको धारा १६८ (२) अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी पेश गर्नेछन्।