Logo

देउवा निवास धुम्बाराहीमा प्रधानमन्त्री दाहाल, खड्का र सिटौला पनि सहभागी



काठमाडौं, २५ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् ।

देउवाको डेरामा सुरु भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले आफूलाई भोलि संसदमा विश्वासको मत दिन आग्रह गरेको बुझिएको छ।

सो भेटवार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी रहेको बताईएको छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर भोलिका दिनमा पनि सहकार्यको सम्भावना जिवित राख्न खोजेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot