Logo

पुष २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं, २५ पुष । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष २७ गते पृथ्वी जयन्तीको अवसर पारेर उक्त दिन बिदा निर्णय गरेको हो ।

सत्ता साझेदार दल राप्रपाले पुष २७ गते बिदा दिन माग गर्दै आएको थियो । यो निर्णयसँगै राप्रपाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा सहभागिता जनाउने भएको छ । आजमात्रै सत्ता साझेदार दलले सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot