Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, विश्वासको मत दिने/नदिने निर्णय गर्ने



काठमाडौं, पुस २६ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्नेबारे निर्णय गर्नेछ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot