Logo

सांसदलाई धमलाकाे प्रश्न- प्रचण्डलाई विश्वासकाे मत दिने कि नदिने ?



काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) काे सरकारलाई विश्वासकाे मत दिँदा प्रमुख प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने अवसर गुम्ने औल्याएका छन् ।

‘प्रधानमन्त्रीले विश्वासकाे मत माग्नु स्वाभाविकै हाे । तर पार्टीले निर्णय गरिसकेकाे छैन । आज बिहान ९ बजे संसदीय दलकाे बैठक छ । मैले अहिले नै यस्ताे हुन्छ भन्न सक्दिनँ । मेराे व्यक्तिगत विचार चाहिँ सरकारलाई बहुमत पुगिसकेकाे छ, विश्वासकाे मत दिँदा प्रमुख प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने अवसर गुम्न सक्छ भन्ने हाे, नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाैडेलले भने ।

जनमत अन्य दलहरूलाई सहभागी गराएर नेपाली कांग्रेसकाे नेतृत्वमा सरकार बनाउनुपर्ने भए पनि अन्था भइसकेकाले अब प्रतिपक्षी भूभिका निर्वाह गर्नु उचित हुने उनले बताए ।

पाैडेलले भने, ‘कांग्रेस सबभन्दा ठूलाे दल हाे । घेराबन्दी वा नेतृत्वले काैशल देखाउन नसकेकाले सरकार बनाउन सकिएन । अहिले विश्वासकाे मत दिँदा संसद्मा सरकारलाई खबरदारी गर्ने प्रतिपक्ष नै रहँदैन । हामीले प्रतिपक्षमै रहेर गुण र दाेषका आधारमा सरकारका कामलाई समर्थन वा विराेध गर्न सक्छाैं ।’

प्रमुख प्रतिपक्षकाे भूमिका सशक्त र प्रभावकारी बनाउन सक्दा सत्ता पुन:प्राप्ति हुन सक्ने नेता पाैडेलकाे तर्क छ । उनले थपे, ‘संविधानमा राष्ट्रिय सहमतिकाे सरकार नभई हुन्न भन्ने छैन । हामी मर्यादित ढंगले सरकारलाई रचनात्मक ढंगले सहयाेग गर्न सक्छाैं । सरकारले राम्राे अर्थनीति ल्यायाे भने हामीले असहयाेग गर्ने कुरा आउँदैन ।’

सरकारले ल्याएकाे २१बुँदे न्यूनतम साझा कार्यक्रमकाे कार्यान्वयन औल्याएका छन् । आवश्यक रहेकाे उनले बताए । पाैडेलले भने, ‘साँच्चै भ्रष्टाचार नियन्त्रण गर्न खाेजिएकाे हाे कि स्टन्ट मात्र गरिएकाे हाे भन्ने कार्यान्वयनपछि मात्र भन्न सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot