Logo

सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्दै



धनगढी, २६ पुष । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश सांसदीय दलका नेता राजेन्द्र रावलले दावी पेश गर्ने भएका छन् । प्रदेश सरकार गठनका लागि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत दिने भएपछि एमालेको नेतृत्वमा प्रदेश सरकार गठनका लागि ढोका खुलेको हो । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि कम्तिमा २७ सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थनसँगै एमालेका नेता रावलले २९ सांसदको समर्थनमा सरकार गठनको बाटो खुलेको हो ।

रावललाई सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहने छ । सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन् ।सुदूरपश्चि प्रदेश प्रमुखको कार्यालले भोलि पुष २७ सम्म सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot