Logo

सुदूरपश्चिम प्रदेश सरकारमा दाबी गर्ने आज अन्तिम दिन



काठमाडौं, पुस २७ । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समय सीमा अनुसार आज साँझ ५ बजेभित्र सरकारमा दाबी गरिसक्नुपर्ने छ।

केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल प्रदेश सरकारको नेतृत्वको दौडमा छन्। सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको उनले बताए।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।



प्रतिक्रिया दिनुहोस्