Logo

रामहरि खतिवडालाई धमलाकाे प्रश्न- कांग्रेसले राष्ट्रपति पदका निम्ति प्रचण्डलाई विश्वासकाे मत दिएकाे हाे ?



काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले सरकारलाई विश्वासकाे मत दिए पनि आफ्नाे दल सत्तारुढ गठबन्धनमा सामेल नभएकाे बताएका छन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा आेलीले अझै पनि संसद् विघटन गर्ने र संविधान च्यात्ने अनि मिच्ने धम्की दिइरहनुभएकाे छ । उहाँले राेस्ट्रममै उभिएर धाकधम्कीकाे भाषा बाेलिरहेकाले नेपाली कांग्रेसले संविधान, संसद् र कानुनी राज्यकाे सुरक्षाका लागि सरकारलाई विश्वासकाे मत दिएकाे हाे । तर हामी प्रमुख प्रतिपक्षकाे भूमिकामै रहेर सरकारकाे राम्राे कामकाे समर्थन र गलत कामकाे विराेध गरिरहन्छाैं,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।

आफू कानुनकै विद्यार्थी भएकाे आैंल्याउँदै उनले कांग्रेसलाई प्रतिपक्षमा बस्न संविधानले नराेकेकाे दाबी गरे । खतिवडाले थपे, ‘व्यक्तिगत रूपमा म याे सरकारलाई विश्वासकाे मत दिने पक्षमा थिइनँ । तर पार्टीले ह्वीप लगाएकाले मान्नैपर्छ । हाम्राे शुभेच्छा सरकार संविधान अनुसार चलाेस् भन्ने हाे । हामीले भागबन्डा वा सरकारमा सामेल हुन मतदान गरेका हाेइनाैं ।’

कांग्रेसले राष्ट्रपति पदका निम्ति प्रचण्डलाई विश्वासकाे मत दिएकाे हाे भन्ने पत्रकार धमलाकाे प्रश्नमा सांसद खतिवडाले स्पष्टीकरण दिए, ‘अहिले राष्ट्रपति निवार्चनकाे बहस छैन । बरु सभामुख निर्वाचनकाे प्रसंग छ । संसदकाे बनाेट चेक एन्ड ब्यालेन्स गर्ने खालकाे छ । राष्ट्रपतिले अध्यादेश जारी नगरेकाे अनि विधेयक प्रमाणीकरण नगरेकाे हेर्दा हामी त्यसका निम्ति प्रयत्न गर्छाैं ।’



प्रतिक्रिया दिनुहोस्