Logo

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउँदै



काठमाडौं, २७ पुष । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन्। यी प्रदेशहरुमा प्रदेश प्रमखुले दिएको दाबी पेश गर्ने समयसीमा आज सकिदैंछ।

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार लुम्बिनीमा लिला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्र रावलले आज मुख्यमन्त्री समक्ष आफ्नो दाबी पेश गर्नेछन्। सहमति अनुसार लुम्बिनी र सुदूरपश्चिम एमालेको भागमा परेको हो भने कर्णाली माओवादीको भागमा परेको हो।

सहमति अनुसार लुम्बिनी र कर्णालीमा एमाले र माओवादी पाँच/पाँच वर्ष सरकारको नेतृत्व गर्ने छन् भने सुदूरपश्चिममा पहिला एमाले र त्यसपछि माओवादीले सरकारको नेतृत्व गर्ने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot