Logo

मटिहानीका १३४ आगलागी पीडित घरपरिवारलाई समाजसेवी तथा माओवादी नेता बस्नेतको पहलमा राहत वितरण



काठमाडौं, २६ बैशाख । नेकपा (माओवादी केन्द्र) का नेता तथा समाजसेवी अनिल बस्नेतको अगुवाईमा महोत्तरीको मटिहानीका आगलागी पीडित परिवारलाई राहत वितरण गरिएको छ । गत सोमबार विभिन्न नगरपालिकाका मेयरहरुको उपस्थितिमा बस्नेतको पहलमा डा. इन्द्रबहादुर रखाल (NETS का कोषाध्यक्ष) र समाजसेवी पावल थापाको विशेष सहयोगमा आवश्यक राहत सामाग्री वितरण गरिएको हो ।

बस्नेतकाअनुसार राहत वितरण समारोहमा मधेश प्रदेशका विना विभागीयमन्त्री भरत प्रसाद साह, मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, सबैला नगरपालिकाका मेयर कारीराम यादब र मिर्चैया नगरपालिकाका मेयर श्रवण यादबको पनि उपस्थीति रहेको थियो।

वितरण गरिएको राहत सामाग्रीहरुमा भने फौजी चामल (२६ केजी), मसुरो दाल (२ केजी), चिउरा (१ केजी) नीलकमल खाने तेल (१ लिटर), नुन (२ प्याकेट), चिनी (१ केजी), रिद्धिसिद्धी चियापत्ति (२०० ग्राम), लाईफ ब्वाई सावुन (१ थान), लुगाधुने पूजा सावुन (२ थान), कपी (१२ थान), पेनसिल (१ प्याकेट), मच्छर झुल (१ थान), छाता (१ थान), ब्राईटर ब्रस (२ थान), डाबरलाल दन्त मञ्जन (१ थान) सहितको प्याकेट राखिएको बस्नेतले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot