Logo

रोनाल्डो र साउदी अरबको शरिया कानून



एजेन्सी । साउदी अरबमा शरिया कानून लागू छ। जहाँ अविवाहित जोडीहरुलाईसँगै बस्न दिइन्न।

सामान्यतया साउदीमा जब एक पुरुष र एक महिला होटेलमा बस्छन् वा घर मालिकले कसैलाई आफ्नो घर भाडामा दिन्छन् उनीहरूलाई विवाहित वा अविवाहित भएको दस्तावेजी प्रमाण मागिन्छ जुन त्यहाँका अधिकारीहरुलाई दिइन्छ।

यो कानूनको उल्लघंन गरे सख्त कारवाही हुन्छ। विगत केही वर्षदेखि यो कानूनको कार्यान्वयनमा विदेशीलाई उदारता दिँइदै आएको छ।

सन् २०१९ मा साउदी अरबको भिसा नीतिमा ढिलाइ गरिएको थियो। जसअनुसार अविवाहित विदेशी जोडीहरुले होटलमा कोठा लिन सक्छन्। महिलाहरुलाई पनि होटलमा कोठामा बस्नलाई अनुमति हुन्छ तर एक्लै बस्नुपर्छ।

यसभन्दा अगाडि जोडीहरुले कोठा लिनुपरेमा विवाह गरेको प्रमाण पेश गर्नुपर्थ्यो।

तर रोनाल्डो र उनकी प्रेमी जार्जिना साउदीमा लामो समयसम्म बस्नुपर्ने हुनसक्छ। यसैकारण उनको त्यहाँ बसाई बहसको विषय बनेको छ।

यस सम्बन्धमा कानूनी जानकारहरुको एउटै मत रहेको छ कि साउदी अरेबियाले कानून परिवर्तन गर्नेछैन तर रोनाल्डो र जर्जिनाको मामिलामा विदेशीहरुको जस्तै नरमपन यो मामिलामा गर्न सक्नेछ।

स्पेनिश न्युज एजेन्सी इएफइले साउदी अरबका वकिलहरुसँग गरेको कुराकानी अनुसार रोनाल्डो विश्वकै राम्रा खेलाडी हुन् उनलाई साउदी अरबको सरकारले कारवाहीबाट बचाउन सक्छ।

रोनाल्डो र जार्जिनाको सम्बन्ध ७ वर्ष पुरानो हो। अहिलेसम्म उनीहरुको बिवाहभएको छैन तर दुई बच्चाहरु रहेका छन्।

तस्बिर : EPA/RAUL CARO CADENAS



प्रतिक्रिया दिनुहोस्

Screenshot