Logo

सन्दीप लामिछाने आज रिहा हुँदै, यसो भन्छन् उनका वकिल (भिडियोसहित)



काठमाडौं, पुस २९ । क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । अदालतले धरौटीमा छाड्न आदेश दिएका लामिछाने प्रक्रिया अनुसार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर तारेखमा छुट्दैछन् ।

सन्दीपका कानुन व्यवसायी (वकिल) सरोजकृष्ण घिमिरेले सन्दीप रिहा भएपछि राष्ट्रिय टिममा फर्किने बताएका छन् । घिमिरेले केहिबेर अघि सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएको बताउँदै राष्ट्रिय टिममा फर्किन नरोकिने बताए । थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता गर्नुपर्ने घिमिरेले बताए ।

तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot