Logo

आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकका छन् । सोमबारको मन्त्रिपरिषद् पूर्ण बैठक बस्ने तयारी अनुसार आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । उनले पुस २६ गते विश्वासको मत पाएका थिए ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot