Logo

पोखरा विमान दुर्घटनाः पहिचान नभएका, विदेशी नागरिक र चालक दलका सदस्यको शव केही बेरमा काठमाडौं ल्याइँदै



काठमाडौं, माघ ३ । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं ल्याउन लागिएको छ ।

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव त्यहीं नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको थियो ।

चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइनेछ । शव ल्याउन सेनाको हेलिकप्टर सोमबारदेखि पोखरामै छ ।

पहिचान भएका २०–२२ जनाको शव पोखरामा नै आफन्तलाई बुझाइने छ । अहिले बिहान १०–११ बजेतिर शव काठमाडौ ल्याउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्