काठमाण्डौ, माघ ६ । मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले साउदी क्लब रियाद अल स्टार–११ लाई हराएको छ ।
गए राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो । पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो । उसका लिओनल मेसी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एकरएक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न चुके ।
रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एकरएक गोल गरे ।
यी दुई टिमबीचको खेलको धेरै महत्त्व नभए पनि विश्वभरका फुटबलप्रेमीको ध्यान यो खेलले तानेको थियो । खेलको उद्घाटन समारोहमा भारतीय अभिनेता अमिताभ बच्चनले खेलाडीलाई स्वागत गरेका थिए ।