Logo

प्रचण्डलाई विश्वासको मत दिएकोमा शेखरको पश्चताप, राष्ट्रपतिपनि फुत्किएको दाबी



काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर गल्ती गरिएको भन्दै पश्चताप गरेका छन् । उनले प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको निश्कर्ष निकालेका छन् ।

आज (आइतबार) बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको आफू पक्षधर बैठकमा कोइरालाले यस्तो निश्कर्ष निकालेका हुन् । उनले आफूहरुले सुरुदेखि नै पार्टी प्रतिपक्षमा बस्नुपर्ने अडान लिँदा पनि प्रधानमन्त्री दाहाललाई मत दिएर गल्ती गरिएको कुरा दोहोर्याएका थिए ।

उनले अब हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन प्रधानमन्त्री दाहाल सकारात्मक भएपनि अब राष्ट्रपति कांग्रेसले पाउन मुश्किल रहेको बताए । उनले राष्ट्रपति कांग्रेसलाई दिने विषय अब प्रचण्डको हातमा नभएको र आफूहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कुनै अर्थ नरहेको जिकिर गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot