Logo

आज तोलामा १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, माघ ११ ।  बुधबार सुनको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख ६ हजार ३ सयमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले घटेर प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ मा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९१ हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ९० हजार ६ सय २० र र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ।



प्रतिक्रिया दिनुहोस्