काठमाडौं, माघ १२ । काठमाडौंस्थित भारतीय राजदुतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीवार राजदुतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो ।
सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै केही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।
त्यसअघि दुतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।
दुतावासले नेपाल विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।
फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल