Logo

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, माघ १५ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

यस्तै राती प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।



प्रतिक्रिया दिनुहोस्