Logo

नेविसंघ कोटेश्वरले फुटसल आयोजना गर्दै



काठमाडौं, १७ माघ । नेपाल विधार्थी संघ(नेविसंघ)ले फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ।

कोटेश्वर बहुमुखी क्याम्पस नेविसंघ इकाइ समितिले माघ २७ गतेबाट फुटसल प्रतियोगीता आयोजना गरेको र प्रतियोगीता जडिबुटी फुटसलमा सञ्चालन हुने क्याम्पस सभापति संजय बुढाथोकीले बताए।

उनका अनुसार प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुनेलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot