Logo

आत्मदाह र आत्महत्या न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउन अमरेश कुमारको माग



काठमाडौं, १८ माघ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनालाई न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठनका लागि माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सिंहले यस्तो माग गरेका हुन् ।

‘देशको विभिन्न भागमा नागरिकहरुले आत्मदाह गरेको देखिन्छ । आत्महत्या गरेको देखिन्छ । के कारणले आम नागरिकमा आत्दाह गर्ने आत्महत्या गर्ने बाध्यता आइपरेको छ ? त्यसको लागि एउटा उच्चस्तरीय छानबिन समिति गठन होस्,’ उनले भने ।

साथै नागरिकको सामाजिक, आर्थिक र सामान्य जनजीवन चलाउन सक्ने वातावरण बनाउन र आगामी दिनमा प्रेमप्रसाद आचार्यको जस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot