Logo

देशभरका ११ उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन बुटवलमा



काठमाडौं, माघ १९ । देशभरका ११ वटा उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन बुटवलमा आयोजना हुने भएको छ ।

आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरका बीचमा अनुभव आदानप्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।

माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ ।

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot