Logo

जन्मँदै कर्नेल उपाधि पाएका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन



काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको पहिलो अर्थ सचिव, नेपाली मुद्राका प्रवर्तक, हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्मका स्थापनाकार हुन् ।

राणा अप्रिल २६ , १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर बनेका थिए। हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शमसेरको नाती हुन् । सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पाएका थिए। उनी पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै थिए।

 



प्रतिक्रिया दिनुहोस्