Logo

राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालले गराइन् मनोनयन दर्ता



काठमाडौं, २२ माघ । राष्ट्रिय सभा उपाध्यक्षका लागि उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छिन्। उनले अहिले संसद भवन नयाँ बानेश्वर पुगेर मनोनयन दर्ता गराएकी हुन्।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट उनले उम्मेद्‍वारी दर्ता गरेकी हुन्। अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन्।

राष्ट्रियसभामा हाल ५८ जना सांसद रहेका छन्।

तस्बिर : प्रदिपराज वन्त



प्रतिक्रिया दिनुहोस्

Screenshot