Logo

तस्करी गराउने पनि प्रहरी, छापा मार्ने पनि प्रहरी



रौतहट, माघ २५ । भारतबाट तस्करी गरेर ल्याइएका अधिकांश समानहरू प्रहरीकै सहायतामा नाका प्रवेश गर्ने गरेको खुलेको छ।

नेपाल भारत सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरूले भारतबाट मिलेमतोमा तस्करी गरेर ल्याइएका समानहरू सहजै नाकाबाट छिर्न दिने, र सोही सामानहरू छापा मारेर बरामद गरेको जस्तो नाटकीय भूमिमा खेल्ने गरेको तथ्य खुल्न आएको हो।

प्रहरीले तस्करहरूद्वारा नेपाल निर्यात तस्करीका समानहरू सहजै प्रवेश गराउने त्यसपश्चात् तस्करहरूले उक्त समानहरू गोदाम लगेर राखेपछि प्रहरीले छापा मारेर ती समान बरामद गरेको जस्तो बनाई कारबाहीका लागि पठाउने गरेको पाइएको हो।

महादेवपटी र गौर भन्सारमा रहेको प्रहरी चौकीले भारतबाट व्यापक मात्रामा चामल तथा गहुँ तस्करी गराउने गरेको पाइएको छ। सर्वसाधारणले एक दुई बोरा चामल ल्याउँदा अनेकौँ दुःख दिने यी चौकीहरूले तस्करहरूसँग भने मिलेमतोमा सयौँ बोरा चामल तथा गहुँ तस्करी गराउने गरेका छन्। र तिनै सयौँ चामल र गहुँको बोरा प्रहरीले नै गौरका विभिन्न ठाउँहरूबाट बरामद गर्दै कारबाहीका लागि सम्बन्धित निकाय पठाउन थालेपछि प्रहरीले तस्करी गराउने र आफै छापामारी गर्ने दोहोरो भूमिका खेलेको आरोप जिल्लावासीहरूले लागाउन थालेका हुन्।

नेपाल भारत सिमा क्षेत्रका प्रहरी युनिटहरूले मिलेमतोमा तस्करी गराउने र जिल्ला प्रहरी कार्यालय रौतहटले गोप्य सूचनाको आधारमा गोदाममा छापामारी चामल तथा गहुँ बरामद गर्ने गरेको देखिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका ५ बाट एकै दिन २७० बोरा चामल बरामद गरेको जनाएको छ। स्थानीय विष्णु मिश्राको दुई तल्ले पक्की घरको भुईँ तल्लामा गौर नगरपालिका ८ का हरे राम साह र नन्दलाल साहले संचालन गरेको पसल पछाडिको गोदामबाट प्रहरीले भारतबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विभिन्न ब्राण्डका २७० बोरा चामल बरामद गरेको हो। गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा गोदाममा विभिन्न ब्राण्डको २५ किलो तौल भएको २७० बोराको चामलको मूल्य करिब ४ लाख ८६ हजार चामल प्रहरीले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot