Logo

रबीन्द्र मिश्रप्रति विवेकशील साझाकी समिक्षाको टिप्पणी, ‘हारिसकेको मान्छेलाई फेरि हराउन किन जरुरी छ र?’



काठमाडौं, २७ माघ । विवेकशील साझा पार्टीकी नेता समिक्षा बाँस्कोटाले पार्टीका पूर्व अध्यक्ष रबीन्द्र मिश्रप्रति हारिसकेको मान्छेको संज्ञा दिएकी छिन्। विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनमा बोल्दै बाँस्कोटाले मिश्र हारिसकेको मान्छेभएको र उनलाई फेरि हराउन जरुरी नभएको भन्दै टिप्पणी गरेकी हुन्।

उनले मिश्रप्रति टिप्पणी गर्दै अहिलेको विवेकशील साझा महाधिवेशन नै उनका लागि ठूलो झापड रहेको बताइन्। उनले भने, ‘अब यो महाधिवेशनबाट उठेर विवेकशील साझाले जब वैकल्पिक राजनीति स्थापित गर्छ त्यो सबैभन्दा ठूलो झापड हो। गाली गर्नै पर्दैन। हारीसकेको मान्छेलाई फेरि हराउन किन जरुरी छ र।’

पार्टी बनाउन नसकेर गएको भन्दै बाँस्कोटाले भनिन्, ‘उहाँले यो पार्टी म बनाउन सक्दिन भनेर जानुभयो। हामी काम गरेर देखाइदिउँ। भोलि उहाँलाई हामीले त पार्टी बनायौं तर तपाईं आउनुहुन्छ भने फेरि आउनुस भनेर भनम न।’



प्रतिक्रिया दिनुहोस्

Screenshot