Logo

जनार्दन शर्माको दाबी : गठबन्धनबाट राजनीतिक व्यक्ति नै राष्ट्रपति हुन्छन्



काठमाडौं, २७ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् । उनले गठबन्धन बाहिर र गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्ने सम्भावना नभएको दाबी गरेका छन् ।

आज (शुक्रबार) संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ ।’ उनले गठबन्धनभित्र कुनै समस्या नभएको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot