Logo

महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैलेखका महाधिवेशन प्रतिनिधि लछुमन गरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । महाधिवेशन प्रतिनिधि एवं महाबु गाउँपालिका अध्यक्षसमेत रहेका गुरुङको ७६ वर्षको उमेरमा आज निधन भएको थियो । गुरुङको निधनले पार्टीले एक अनुभवी अग्रज व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ ।

‘नेपाली कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं महाबु गाउँपालिकाका अध्यक्ष ७६ वर्षीय लछुमन गुरुङको आज निधन भयो । स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अनुभवी अग्रज व्यक्तित्वलाई गुमाएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot