Logo

शितल निवासमा राष्ट्रपतिको आज बिदाई भोज



काठमाडौं, माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रात्री भोजको आयोजना गर्ने भएकी छन् । प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले शीतल निवासमा भोजको आयोजना गरेकी हुन् ।

भोजमा सहभागी हुन उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका उच्च अधिकारी, कुटनीतिक नियोगका प्रमुखहरुलाई निम्तो पठाइएको छ ।

दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन्।

यसलाई राष्ट्रपतिको बिदाई भोजको रुपमा हेरिएको छ । भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। निर्वाचन आयोगले आगामी २५ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । दुई पटकभन्दा बढी एउटै व्यक्ति राष्ट्रपति हुन नपाउने संवैधानिक व्यवस्थाअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउने छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot