Logo

पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन, लज्जाबोध भएको छ- मुख्यमन्त्री कार्की



काठमाडौं, २८ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाँच वर्षसम्म प्रदेशको नामाकरण हुन नसक्दा लज्जाबोध भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औं जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्की प्रदेशको नामाकरणको लागि सबैको सल्लाह, सुझाव र सहयोगको खाँचो रहेको बताएका हुन् । ‘पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन । प्रदेशको नामकरण हुननसक्दा मलाई लज्जाबोध भइरहेको छ,’ उनले भने ।

प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको उनले बताए । प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनान पर्ने उनको जोड छ । कार्यक्रममा रेवतीरमण नेपाल स्वयमसेवा सम्मानबाट तीनजनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot