Logo

‘चीन र अमेरिकाबीच सामरिक समझदारी आवश्यक छ’



-विपिन देव: ‘‘बेलुन”लाई पहिलेदेखि नै खजासुसी गर्ने यन्त्रको रूपमा प्रयोग गरिएको पाइन्छ । यसको प्रयोग फ्रेन्च राज्य क्रान्ति ताका पनि गरिएको थियो । तर, द्वितीय विश्व युद्धताका जापानले अमेरिकी सामरिक र आणविक क्षमताबारे जानकारी हाँसिल गर्न बेलुनको प्रयोग गरेको थियो । त्यस्तै अमेरिकाले पनि सोभियत संघको सैनिक व्यवस्थापन र सैन्य भण्डारणको वारेमा जानकारी प्राप्त गर्न बेलुन नै प्रयोग गरेका थिए । तर आज अमेरिका बेलुनबाट आक्रान्त देखिन्छ । भर्खरै चीनले अमेरिकी आकाशमा केही वेलुनहरू उडाएका थिए । वेलुनमा अति आधुनिक उपकरण राखिएका थिए । आरटिफिसियल इनटेलीजेन्सद्वारा परिचालित वेलुनको माध्यमबाट अमेरिकी सैन्य भण्डारण र आणविक अवस्था बुभ्mन प्रायोजित रहेको कुरा पेनटागनका प्रवक्ता राइडरले व्यक्त गरेका छन् ।

“वेलुन”को परिघटनालाई अमेरिकाले गम्भीरतापूर्वक लिदै अमेरिकी सैनीकले वेलुनलाई नष्ट गरेका छन् । नष्ट गर्नुका साथै वेलुन भित्रका रहेका सम्पुर्ण उपकरणहरूलाई वृहत शोध र अनुसन्धानका लागि अमेरिका खोपिया एजेन्सी सक्रिय भएका छन् । यो वेलुन परिघटनाबाट विश्व भू(राजनीति नै तरङ्गित भएका छन् । अमेरिकाले स्वतन्त्रता र अखण्डतासंग जोड्दै चिनियाँ गतिविधिलाई घोर भत्र्सना गरेका छन् । अमेरिका सभामुख पेलोसिको ताइवान यात्रापश्चात् चीन अमेरिकी सम्वन्धमा कटुता बढेको थियो । ताइवानमा भएको पेलोसीको यात्रालाई चीनले गम्भीरतापूर्वक लिदै अमेरिकी नीतिलाई उपहास गरेका थिए ।

साथसाथै ताइवानमाथि सैनिक दवाव बढाउन पूर्वीय चीन सागर र दक्षिण चीन सागरमा क्षेप्यास्त्रहरूलाई तैनाथ गरेका थिए । चीन(अमेरिकी विच बढ्दो तनावलाई मत्थर गर्न जी टेउन्टीको वैठकमा अमेरिकी राष्ट्रपति वाइडेन र चीनिया राष्ट्रपति सी विच इण्डोनेशियाको वाली केही समक्षदारी भएको थियो । उक्त समझादरी अनुसार विश्व आर्थिक व्यापारमा सन्तुलन ल्याउन र संसारलाई आर्थिक मन्दीवाट जोगाउन अमेरिका र चीनले कालान्तरमा कटुतालाई कम गर्दै लैजाने बचनवद्धता जाहेर भएको थियो ।

पश्चिमा सञ्चार गृहको अथक प्रयासले गर्दा अमेरिकी सेकरेट्री अफ स्टेट विलंकनको चीन यात्रा हुने वातावरण निर्माण भइरहेको थियो । विलंकनको प्रस्तावित यात्रा विश्व कूटनीतिको लागि महत्वपूर्ण थियो । अर्थात् रसिया युक्रेन विच भइरहेको युद्धबाट विश्व अर्थतन्त्र डगमग भइरहेको अवस्थामा विश्वका दुई महाशक्तिहरू विचको आंशिक सम्झौताले संसारलाई ऋण राहत प्राप्त हुने आशा र अपेक्षा थियो । तर वेलुनको मुद्दालाई अमेरिकी सञ्चार गृहहरूले तरङ्गित बनाएपश्चात अमेरिकी सेक्रेटरी अफ स्टेट ब्लिन्केनले आप्mनो यात्रालाई तत्कालको लागि स्थगन गरेका छन् । साथ साथै चीनको जासूसी गतिविधिलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको कुरा विलंकनले उल्लेख गरको छन् । चीनिया गतिविधि र चीनिया जासूसी प्रति स्वंय अमेरिकी राष्ट्रपतिले समेत आप्mना अभिव्यक्रि दिएका छन् ।

अमेरिकीका दुइवटै महत्वपूर्ण राजनैतिक दलहरू आप्mना चीनिया नीतिमा एकमत रहेको वचनवद्धता जाहेर गरेका छन् । अमेरिकाको चीन प्रतिको नीतिको सम्वन्धमा सेनेटमा एक समिति नै गठन भएका छन् । उक्त समितिमा रिपलीकन र डेमोक्रेटको साझा सहभागिता रहेको छ । साथ साथै चीनिया नीतिको विरोधमा अमेरिकामा एक भाष्य निर्माण भइरहेको छ । अर्थात् बढ्दो चीनिया प्रभावले विश्वमा प्रजातन्त्र, खुला समाज र मानव अधिकारलाई अपहरण हुने उक्त भाष्यको प्रस्तावना रहेको छ ।

खास गरेर चीनको वेलुन प्रयोगको पराकम्पनवारे जवाहरलाल नेहरु विशव विद्यालयका प्रध्यापक कोणडापलीले एक रोचक अभिव्यक्ति सार्वजनिक गरेका छन् । अर्थात् चीनले वेलुनको प्रयोग जापान, भारत, ताइवान र अमेरिकाको विरोधमा गरिदै आएको छ । वेलुनको प्रयोगवाट अरु देशहरू पनि प्रभावित भइरहेको प्रध्यापक कोणडापलीको बुझाइ रहेको छ । चीनले सूचना संकलनलाई अधिक महत्व दिएको छ । कनफुयसीयस स्कूलको माध्यमबाट चीनिया संस्कृती र दर्शनलाई पैmाउन वाहिरी उद्देश्य भएता पनि उक्त स्कूलको माध्यमबाट जासूसी गर्ने चीनको लक्ष्य रहि आएको कुरा पश्चिमा संचार गृहले सार्वजनिक गरिदै आएको छ । तर “वेलुन”को प्रयोग चीनले विगतका दिनहरूबाट सुरु गरेका छन् । अमेरिकी सुरक्षा सल्लाहकार सेलमेनले चीनलाई लघुताभाषको शिकार भएको संज्ञा दिएका छन् । वेलुन परिघटनाको तरङ हिन्दमहासागरीय क्षेत्रमा पर्ने समेत जानकारहरूको ठहर रहेको छ ।

विगतका दिनमा हिन्दमहासागरीय क्षेत्रमा कर्वाड (भारत, अष्ट्रेलीया, जापान र अमेरिका)को सक्रियता बढेको देखिन्छ । दक्षिण चीन सागरमा चीनको बढ्दो वर्चश्व र दवदवालाई निस्तेज र सन्तुलन गर्न प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू कर्वाडबाट आप्mनो गतिविधिहरू वढाइरहेको देखिन्छ । कर्वाडको साथ साथै अक्सको निर्माण समेत भएको छ । “अक्स”को छातामुनि बेलायत, अमेरिका र अष्ट्रेलीया रहेको छ । कर्वाड र अक्स जस्ता संगडठनहरूको भाषिक प्रस्तावना जे भएता पनि अर्जुन दृष्टि चीन नै रहेको छ । चीनिया दवदवाका कारणले नै गर्दा अष्ट्रेलीया र जापानले आफ्नो सैनिक खर्चमा अभिवृद्धि गरेका छन् । कर्वाड र अक्समा रहेका मुलुकहरूलाई सदभागिता गराउन अमेरिकी कूटनीति परिचालित भएको छ । आसीयानका अधिकांश मुलुकहरू चीनबाट आक्रान्त रहेको छ । फिलिपिन्स यसमा प्रतिनिधि उदाहरण हुन । विगतका दिनमा आसियानका मुलुकहरू चीनसंगको व्यापारिक सम्वन्धका बावजुद पनि प्रजातान्त्रिक कित्तामा सामेल हुन आतुर भएका छन् ।

ध्रुविकृत संसारमा चीन र अमेरिकाको टक्कर देखिएता पनि अमेरिकी सुरक्षा दस्तावेजमा चीन भन्दा रसियालाई अमेरिकाले प्रधान शत्रुको रुपमा लिएका छन् । चीनसंग पार्यावणन लगायत वातावरण परिर्वतनको क्षेत्रमा संगै काम गर्ने वचन वद्धता पनि जाहेर गरिएको छ । चीन र अमेरिकाको कटुताको असर हिन्दमहासागरीय क्षेत्रमा पर्ने जानकारहरूको बुझाई रहेको छ । ट्रान्स एटलान्टीक (अमेरिका र यूरोप) भन्दा ट्रान्सप्यासीफीक (एसिया)मा तनाव क्षेत्रहरू अधिक रहेको छ । जापानको साइनकाकु टापु, ताइवान, चीन भारत सीमा क्षेत्र र हङकङ्ग यसका उदाहरणहरू हुन् । अर्थात् रसिया(युक्रेन युद्ध पश्चात संसारको तनाव एसियामा अबतरित हुन सक्ने कुरा तर्क र तथ्यको आधारमा पुष्टि गर्न सकिन्छ । यस अर्थमा चीन र अमेरिका विच सामरिक समझादरी हुनु अति आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot