काठमाडौं, फागुन १ । भारतका विदेशसचिव विनयमोहन क्वात्रा अहिले विमान साढे १० बजे नेपाल आईपुग्दैछन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने बताइएको छ ।
अहिले बिहान १०ः३० बजे काठमाडौँ उत्रने क्वात्रा आजै नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुनेछन् । लन्चपछि परराष्ट्र मन्त्री विमला राईसँग द्वि–पक्षीय भेटघाटको कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । उनले आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।
विदेश सचिव क्वात्राले भोली (मंगलवार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । भोली नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कनेछन् ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । उनी यसअघि नेपालका लागि भारतीय राजदूतको रुपमा काम गरिसकेका छन् । फाईल तस्विर