Logo

सरकार, यातायात मजदुर र व्यवसायीबीच केहिबेरमा वार्ता सुरु हुँदै



काठमाडौं, फागुन २ । सम्झौता गरिएका मागहरू पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आज वार्ता गर्ने भएको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको मजदुर आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै वार्ताका लागि आव्हान गरिसकेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी सङ्गठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाई सकेको जनाएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सि गौतमको संयोजकत्वमा यातायात व्यवसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ।

आन्दोलन नै समाधान नभएको बताउदै वार्ता र छलफल गरी उचित निष्कर्ष निकाल्न उपप्रधानमन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई अहिले बिहान ८ः३० बजे मन्त्रालयमा बोलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्