Logo

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोनबीच वार्ता हुँदै



एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै छन्।

“आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ,” एक अधिकारीले बताएका छन्। पछिल्ला केही वर्षमा भारत र फ्रान्सबीचको सम्बन्ध घनिष्ट हुँदै आएको छ।

दुई नेता बीच वार्ताको क्रममा इन्डो-फ्रान्सेली रणनीतिक साझेदारीका सबै पक्षहरू, आतङ्कवाद प्रतिरोध सहयोग, साइबर सुरक्षा, अन्तरिक्ष नीति, युक्रेन द्वन्द्व लगायतका महत्त्वपूर्ण विश्वव्यापी र क्षेत्रीय चुनौतीहरू एवं इन्डो-प्यासिफिक क्षेत्रमा सम्भावित सहयोगलगायतका विषयमा छलफल हुनेछ।
वर्षको पहिलो द्विपक्षीय भ्रमणको रूपमा, भारत र फ्रान्स बीचको वार्ताको उद्देश्य भारत-फ्रान्सेली रणनीतिक साझेदारीको थप विस्तारको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले यो वर्ष २५ औं वार्षिकोत्सव पनि मनाइदैछ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनबीच हार्दिक सम्बन्ध छ। भारतले जी-२० को अध्यक्षता ग्रहण गरेसँगै फ्रान्सेली राष्ट्रपतिले भारतको नेतृत्वमाथि पूर्ण विश्वास व्यक्त गरेको देखिन्छ।

म्याक्रोनले ट्वीटमा उल्लेख गरेका छन्, “मित्र प्रधानमन्त्री नरेन्द्र मोदी लगायत सबैलाई दिगो शान्ति स्थापना गर्ने अभियानमा एकजुट हुन प्रेरणा र सहयोग मिलोस्।’

राष्ट्रपति म्याक्रोनले पृथ्वी सबैको एक साझा घर भएकाले साझा भविष्यका लागि सबैको प्रयत्न आवश्यक भएको भन्दै भारतले जी-२० को नेतृत्व गरेसँगै यसको नेतृत्व गर्न समेत सफल हुने विश्वास व्यक्त गरेका छन्। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot