Logo

लोपोन्मुख खेल जोगाउन पुरुष खो खो प्रतियोगिता



काठमाडौँ,३ फागुन । लोपोन्मुख अवस्थामा पुगेको खो खो खेल संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले यहीँ फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए।

भक्तपुर नपा–१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कार, प्रमाणपत्रका साथै प्रतियोगितामा सहभागिता जनाउने नगरपालिकाहरुलाई रु पाँच हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot