Logo

कांग्रेस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिँदै



काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डा. चन्द्र भण्डारी र उनकी आमालाईलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल वर्न अस्पताल लगिने भएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति करिब १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका भण्डारी र उनकी आमाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सम्भव नभएपछि उपचारमा संलग्न चिकित्सकहरुले भारत लैजान सिफारिस गरेका छन् ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै सांसद भण्डारीको शरीरको करिव २५–३० प्रतिशत भाग जलेकाले फोक्सो र श्वासनलीमा पनि असर देखिन सक्ने जनाउदै थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाएको हो ।

विस्फोटमा परी भण्डारीकी ८६ वर्षीय आमा हरिकलासमेत घाइते भएकी छन्। ७० प्रतिशत शरीर जलेकी भण्डारीको अवस्था गम्भीर छ। उनको पनि सघन कक्षाम उपचार भइरहेको छ। सुरुमा उपचारका लागि बानेश्वस्थित सिभिल अस्पतालमा पुृ¥याईएकी चन्द्रकलालाई एक घण्टापछि किर्तिपुर पु¥याईको थियो ।

भण्डारी काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे पुगेका थिए। घर पुगेको केही समयमा नै विस्फोट भएको थियो। आमा भान्सामा गएको बेला विस्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ। सांसद भण्डारीको अनुहार, दुबै हात र गोडामा आगोले पोलेको अस्पतालले जनाएको छ ।

राती एक्कासी ठूलो आवाजसहित विस्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी आमा छोरालाई अस्पताल पु¥याएका थिए । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot