Logo

एसियन फन रन म्याराथनका लागि दराजका १४ धावक सहभागी हुने



काठमाडौं, ४ फागुन । दराजले नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी भएर सहयोग गर्नेछ।

युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीलाई सहयोग गर्ने भएको हो।

एसियाली खेलकुद प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक समितिले मिलेर एसियन फन रन म्याराथन आयोजना गर्दैछ। म्याराथनमा कुल सहभागी मध्ये दराजबाट १४ धावकहरूले भाग लिने दराजले जनाएको छ।

म्याराथन भोलि (शुक्रबार) हुँदैछ। म्याराथन पाटन दरबार स्क्वायरमा बिहान ६:३० बजेदेखि सुरु हुनेछ। दौडमा पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स हुनेछ र यसले सहभागीहरूलाई शारीरिक गतिविधिमा संलग्न हुँदै गर्दा सहरका केही प्रसिद्ध स्थलहरू हेर्ने अवसर प्रदान गर्नेछ।

एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागिओसिएको प्रयास हो।

एसियाली खेलकुद फन रन नेपालसहित १२ देशमा फेब्रुअरी र मार्चमा हुने तय भएको छ भने ओसिएले पहिले नै गत अक्टोबरमा कम्बोडिया, उज्वेकिस्तान, थाइल्याण्ड, कुवेत र साउदी अरेबियामा ओभरसिज टुर सुरु गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot