Logo

तोलामा ५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, वैशाख ३० । आइतबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot