Logo

लामिछानेलाई हराउँदै अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी



काठमाडौं, फागुन ५ । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय समितिमा सहमति हुन नसकेपछि बिहीबार भएको मतदानबाट बडाल निर्वाचित भएका हुन् ।

अनेरास्ववियुका निवर्तमान महासचिव बडालले प्रतिद्वन्द्वी आरसी लामिछानेलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।

नरेश रोकाया महासचिव निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्। कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot