Logo

स्कटल्याण्डविरुद्ध कुशलको अर्धशतक



काठमाडौं, ५ फागुन । स्कटल्याण्डविरुद्ध खेलिरहका कुशल मल्लले अर्धशतक पूरा गरेका छन्।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेलिरहेको नेपालका लागि कुशल मल्लले ४२ बलमा ५२ रन जोडेका हुन्। उनले ६ चौका र ३ छक्का प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा टस जितरे पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो।

२७५ रनको लक्ष्य पाएको नेपाल ताजा अवस्थामा १८.४ ओभरमा ५ विकेट गुमाउँदै १२५ रनमा रहेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot