Logo

त्रिकोणात्मक सिरिज : कुशलको अर्धशतकीय बिष्फोट



काठमाडौं, ६ फागुन । नेपालका बिष्फोटक बयाट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको कुशलले अर्धशतक प्रहार गरेका हुन्।

उनले ४१ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ५२ रन जोडेका हुन्।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा ४१.४ ओभरमा १ विकेट गुमाउँदै २४९ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot