Logo

नेपाललाई चौथो झट्का



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालका लागि खेलिरहेका नेपाललाई चौथो झट्का लागेको छ।

नेपालका कुशल मल्ल आउट भएका हुन्। उनी ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन जोड्दै आउट भएका हुन्।

यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४ बलमा १ रन जोड्दै आउट भएका छन्। ज्ञानेन्द्र मल्ल आउट ७४ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६५ रनमाआउट हुदाँ ओपनर आशिफ शेखले ९८ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ८१ रनमा आउट भए।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा ४३.४ ओभरमा २ विकेट गुमाउँदै २६१ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot