Logo

चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं, फागुन १० । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार केहिबेर अघि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राजदूत छन सोङबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रपतिको मनोनयन दर्ता हुने समय नजिकिदै गर्दा राजदूत सङको भेटवार्तालाई चासोका साथ हेरिएको छ । यसअघि फागुन ५ गते मात्रै चिनियाँ राजदूत सङ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

आज चिनियाँ राजदूत बालुवाटारबाट बाहिरिए लगत्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । अहिले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot