Logo

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता सुरु, को–को छन सहभागी ?



काठमाडौं, फागुन ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ।

उक्त वार्तामा अध्यक्ष नेपाल अन्य शीर्ष नेताहरुलाई लिएर सहभागी भएका हुन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि दाबी प्रस्तुत गरिरहेको समाजवादीको नेतृत्व र प्रधानमन्त्रीबीच वार्ता भएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै नेपाल सक्रिय भएका हुन्।

उनले बुधबार मात्रै पार्टी कार्यालय आलोकनगरमा राष्ट्रपतिका अर्का दाबेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफूलाई सघाउन भनेका थिए।

त्यस्तै हिजै अध्यक्ष नेपालसँग चिनियाँ राजदूत चेन सोङले पनि कोटेश्वरमा पुगेर वार्ता गरेका थिए। उक्त भेट पनि राष्ट्रपति निर्वाचनमै केन्द्रति थियो। हिजो बुधबारै बसेको समाजवादी सचिवालयको बैठकले सकेसम्म राष्ट्रपति पद लिने निर्णय गर्दै त्यसका लागि एमालेसहित सबै दलसँग संवाद गर्ने जनाएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot