Logo

बालुवाटारको बैठकमा भएन सहमति, साँझ ५ बजे पूनः बैठक बस्ने तय



काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलको बैठक साँझ ५ बजे बस्नेगरि सम्पन्न भएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठक साँझ ५ बजे बस्ने तय भएको जानकारी दिए ।

उनले आजको बैठकमा राष्ट्रपतिको निर्वाचनको बारेमा नै केन्द्रित रहेर छलफल भएको जनाए । आजको बैठकमा कांग्रेसले आफ्तो तर्फबाट प्रस्ताव राखेको र अन्य दलले पनि प्रस्ताव राखेको थापाको भनाई छ । अहिले चार दलले आ–आफ्नो दलमा छलफल गर्ने र पाँच बजेको बैठकमा सहमति गरिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्