Logo

राष्ट्रपति को ?



काठमाडौं, फागुन १३ । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका आठ दलबीचमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएसँगै राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने चासो छ । कांग्रेसले राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने सम्भावना छ ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्न भन्दै अहिले बिहान साढे ८ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठकले औपचारिक रूपमा जसलाई निर्णय गर्छ उही नै राष्ट्रपति बन्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

‘अहिले बैठक बस्दै छ, बैठकले जसको नाममा निर्णय गर्छ उही नै राष्ट्रपतिको उम्मेदवार बन्ने हो,’ कांग्रेस उपसभापति खड्काले भने ।

कांग्रेस संस्थापन समूहका नेताहरू भने सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिका लागि अघि सार्न तयार देखिएका छैनन् । नेता पौडेल र सिटौलाले भने आफ्नो नाममा सहमति गराउन कसरत जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot