Logo

एमालेबाट सुवास नेम्वाङले गराए राष्ट्रपतिको उम्मेदवारी दर्ता



काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नेम्वाङको उम्मेदवारी दर्ताका लागि एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली, सांसदहरु रघुवीर महासेठ, जुलीकुमारी महतो, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पृथ्बीसुब्बा गुरुङ, दामोदर भण्डारीलगायतका नेताहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । नेम्वाङको प्रस्तावक र समर्थक एमालेबाटै रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot