Logo

प्रधानमन्त्री प्रचण्डलाई सूर्य थापाको कटाक्ष, ‘सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला बनेको छेपारो महोदय !’



काठमाडौं, फागुन १६ । नेकपा (एमाले) का नेता सूर्य थापाले समाजिक सञ्जालबाट तिखो कटाक्ष गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले प्रधानमन्त्री प्रचण्डलाई महाठग र पातकिको संज्ञा दिदै एमालेले दिएको प्रधानमन्त्रीको पदबाट राजिनामाको माग गरेका छन् ।

उनले लेखेका छन्, ‘२०७९ पुस १० गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका थियौ। फागुन १५मा आइपुग्दा ७८‌+१४=९२ जनाको समर्थन फिर्ता भएको घोषणा भइसकेको थाहा भएकै होला ! यसमा १९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजिनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै ! अब बाँकी रह्यो ७९ मात्रै।

प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्छ। अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नांगो धोका, बेइमानी र महाठगी एवं पातकी काइदा हो।

कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजिनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि? हुन त दुधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र ?

नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला रु तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो रु एक सय मुसा हजम गरेर बिरालो हज गर्न बाटो लागेजस्तो बेशरम त नहुनु नै उचित होला। र, रंग फेरिरहे छेपाराको पनि इज्जत जो हुन्छ, सोलाई माटोमा त नमिलाउने हो कि ?
उही तिम्रो
१६९ मध्येको भूतपूर्व मित्र’



प्रतिक्रिया दिनुहोस्