Logo

क्वालिटी स्कूलको २४औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं, १६ फागुन । भक्तपुरमा रहेको क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कुलको २४औं वार्षिकोत्सव सम्पन्न भएको छ।

स्कूलले विविध कार्यक्रमकासाथ आज आफ्नो २४ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

चाँगुनारायण नगरपालिका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख खत्रीले जिल्लाको उत्तरपूर्वी भेगमा रहेर भक्तपुर शहर जाने विद्यार्थीलाई केही हदसम्म रोक्न सफल यस विद्यालयले अझै रोक्नुपर्ने बताए। खत्रीले विद्यालयले नाम अनुरुप गुणस्तरीय शिक्षा दिन सफल भएकोमा बधाईका साथै प्रगतिको कामना व्यक्त गरेका छन्।

कार्यक्रममा शैक्षिक वर्ष २०७८ का कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै वर्ष विद्यार्थीमा १० कक्षामा अध्ययनरत प्रविना लामिछाने, सबै दिन विद्यालय आउने विद्यार्थीमा ६ कक्षाका प्रनिशा गिरी, वर्ष सफा विद्यार्थीमा ४ कक्षाका प्रन्सुख केसी र अनुशासित विद्यार्थीमा ९ कक्षाकी आयुषा नेपाल पुरस्कृत भएका छन्।

चाँगुनारायण नगरपालिका-६ मा २०५४ सालमा क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कूल स्थापना भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot